पोखरामा पुस दोस्रो साता मुआथाई प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
muaathai

पोखरा । पोखरामा व्यावसायिक रुपमा पहिलो पटक मुआथाई प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस दोस्रो साता प्रतियोगिता हुन लागेको हो ।

थाई मार्सल आर्ट खेलको रुपमा विश्वभर पहिचान बनाएको मुआथाई खेल विगत केही वर्षयता नेपालमा समेत युवाहरुको आकर्षण बढेको छ । चालु आवको बजेटमा प्रदेश खेलकुद परिषदले रकम विनियोजन गरी प्रतियोगिता गर्न लागेको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए ।

प्रदेश खेलकुद परिषदले प्रतियोगिताका लागि परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जिम्मेवारी पाएका छन् । नेपाल राष्ट्रिय मुआथाई संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताका लागि करिब १८ लाख खर्च हुने क्षेत्रीले जानकारी दिए।

विभिन्न उमेर र तौल समूहमा हुने प्रतियोगितामा महिला÷पुरुष एवं छात्र÷छात्राका अलगअलग प्रतिस्पर्धाहरु तय गरिएको छ । प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिँदै संयोजक क्षेत्रीले आवेदन दिने खेलाडीमध्ये उनीहरुको विगतको नतिजाका आधारमा प्रतियोगितामा समावेश हुने अवसर प्रदान गरिने बताए । जसमा ३५ भन्दा बढी खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width