छात्रवृत्तिमा १ करोड बराबर सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
scholarship

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णले विद्यार्थीलाई २३ औं पटक छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ जे का डिस्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठाले २२ जना विद्यार्थीलाई ४ लाख ७ हजार रकम प्रदान गरे ।

कार्यक्रममा मल्टिपल को–अर्डिनेटर तथा पूर्व गभर्नर ध्रुव थापाले डिस्ट्रिक्ट जेको एक परिपक्क क्लबले निरन्तर २३ वर्षसम्म सहयोग गरेर विद्यार्थी भाइबहिनीलाई सहयोग गरेकोमा धन्यवाद दिए । डिस्टिक्ट फस्ट भाइस गभर्नर मिलन थापाले डिस्ट्रिक्टको पुरानो क्लबले सामाजिक क्षेत्रमा अग्रणी खानेपानी स्वास्थ्य छात्रवृत्ति कार्यक्रम गरेर एक उदाहरणीय कार्य गरेको बताइन् ।

कार्यक्रम संयोजक सोनाम साङपोले २३ वर्षसम्म लगातार गरी करिब १ करोड बराबरको आर्थिक सहयोग गरेको र केही विद्यार्र्थी स्नातकोत्तर तहसम्म पढाइ पूरा गरी उच्च ओहदासम्म पुगेको बताए ।

डिस्ट्रिक्ट चिफ एड्भाइजर प्रजापति बास्तोलाले क्लबले हरेक क्षेत्रमा गरेको कामको डिस्ट्रिक्टमा पक्कै पनि मूल्यांकन हुने बताए ।

दृष्टिविहीन विद्यार्थी लिलबहादुर गुरुङले लायन्स ६ वर्षदेखि छात्रवृत्ति प्रदान गरी हाल स्नातक पढाइ पूरा गरी शिक्षण पेसामा लागेको जनाए ।

जोन चेयरपर्सन सुजन श्रेष्ठले अन्नपूर्ण क्लबको सिको अन्य क्लबले पनि गर्नुपर्ने बताए । क्लब अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गणेश छविले स्वागत र सचिव दुर्गा जोजिजुले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width