ढोरपाटनमा तेक्वान्दो सेमिनार तयारी

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
dhorpatan pic

पोखरा । गण्डकी प्रदेश आइटिएफ टेक्वान्दो संघ आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्युड टेक्वान्दो सेमिनार–२०२३’ हुँदैछ ।

मंसिर ८ र ९ मा हुने उक्त सेमिनार खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै दक्षिण एसियाको एकमात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवद्र्धन गर्ने, तेक्वान्दो आइटिएफ खेलको महत्व जनमानजमा पु¥याउनने लक्ष्य रहेको सेमिनार मूल आयोजक समिति संयोजक तथा गण्डकी प्रदेश आइटिएफ टेक्वान्दो संघ अध्यक्ष घमबहादुर थापाले बताए । उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ) आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा देशका विभिन्न जिल्ला र प्रदेशबाट करिब ४ सय खेलाडीको सहभागिता हुनेछ ।

कार्यक्रमको संघीय सांसद एवं नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका सल्लाहकार देविप्रकास भट्टचनले उद्घाटन गर्ने मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्तीमगरले जनाइन् । कार्यक्रम सम्पन्न गर्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width