पोखरा । पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । समिति उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा छन् । यस्तै, सञ्चालक समिति सदस्यमा धनेश्वर अधिकारी, विष्णुप्रसाद सुवेदी, कृष्णकुमार खड्का, सुलोचना देवकोटा र शान्ति भट्टराई खनाल छन् ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा केशवराज अधिकारी दोहोरिए भने सदस्यमा किशोर अधिकारी र भरत आचार्य छन् ।
यसअघि संस्थाको साधारणसभा उद्घाटन पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरेका थिए । उनले आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गर्न सुझाव दिए।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रमुख अमृत श्रेष्ठ, लेखा समिति संयोजक केशवराज अधिकारी, सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्की, सेयर सदस्य द्रोणराज भूर्तेल, लेखा परीक्षक सिए अनिल लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारी अध्यक्ष ठाकुरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सञ्चालन सचिव सञ्जय पौडेलले गरेका थिए । सचिवको प्रतिवेदन सञ्जय पौडेल, कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद अधिकारी तथा लेखा समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक केशवराज अधिकारीले प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
जाजरकोट भूकम्पपीडितलाई रोटरी नक्साल शक्तिको सहयोग
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
पर्यटन बसपार्क जिम्मा ए वानलाई
hero news full width
मुख्य समाचार
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०