पोखरा । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ ।
न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुन लागेको हो ।न्यू भेन्चर्सको लगानी तिव्र बृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहने बताइएको छ ।
कम्पनीको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ उदीयमान लगानीकर्ता भएको बताएका छन् ।
साथै, उनले मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गर्ने पनि बताएका छन् ।
उनले भने, ‘अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य रहेको छ । उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजीबजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो ।’
यो न्यू भेन्चर्स युनिटले आफ्नो लगानी रहेको र प्राप्ति गरेको कम्पनीहरुलाई आफ्नो प्लेटफर्ममार्फत् तिब्रगतिमा बढाउन केन्द्रित रहेको बताइएको छ ।
यसैगरी इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च बृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्ने न्यू भेन्चर्सको मुख्य मिसन रहेको बताएका छन् ।
न्यू भेन्चर्सले लगानी गर्ने मापदण्डहरू यसप्रकार छ
● त्यस्तो मिशन जसले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्दछ ।
● विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू ।
● पोस्ट–सीडरप्रि–सिरिजए कम्पनीहरू– प्रमाणित उत्पादन बजार फिट भएका ।
● द्रुत अर्गानिक बृद्धि ।
● हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०