वालिङमा अटो दुर्घटनामा बालिकाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
1-died-2-injured-when-car-and-scooter-co-95037

पोखरा । स्याङ्जामा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपािलका १०, कान्छीबजार बस्ने ओमबहादुर लम्साल क्षत्रीकी १६ महिनाकी छोरी कायरा हुन् ।

शनिबार वालिङको रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु१ह ३६८६ नम्बरको अटो दिउँसो ४ः२० मा खहरेस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका थिए । टाउकोमा चोट लागेकी घाइते कायराको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले ४ः५५ मा मृत घोषणा गरेका हुन् । अन्य घाइते अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता/सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाले बताए ।

घटनापछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक जनकराज बञ्जाराको कमाण्डमा खटिएको टोलीले अटो र अटोचालकलाई नियन्त्रणमा लिएको थियो । घटनास्थल वालिङ बजारबाट ६ किमी पूर्वतर्फ पर्छ ।

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width