पोखरा । नेकपा (एमाले) मुस्ताङको अधिवेशन चैत तेस्रो साता हुने भएको छ । पार्टीको शनिबार जिल्ला कमिटी सचिवालय बैठकले अधिवेशन मिति तय गरेको हो ।
एमाले गण्डकी प्रदेश इन्चार्ज एवं पार्टी सचिव गोकर्ण बिष्टको प्रमुख उपस्थितिमा भएको बैठकले पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गरेको छ । जसअन्तर्गत पार्टी सदस्यता बिस्तार र जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरेको छ ।
बैठकमा सचिव बिष्टले समाजवादको आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै स्थानीय उत्पादनलाई बजारीकरण गरेर नै समृद्धि प्राप्त गर्न सकिने बताए । उनले मुस्ताङको विकासका लागि एमाले नेतृत्वको सरकारले गरेका काम ऐतिहासिक र विशेष रहेको बताए ।
अहिलेको गठबन्धन सरकारले योजनाबिना नै देश चलाउने प्रयत्न गरेका कारण मुलुकमा अराजकता बढेको आरोप लगाए ।
बैठकमा प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले वार्षिक कार्ययोजना र कार्यतालिका निर्माण गरी कामलाई अघि बढाउन तथा प्रत्येक पालिका कमिटीहरुले आफ्नो पालिकाका मतदातहरुको ६ प्रतिशत जनतालाई पार्टी सदस्यता प्रदान गरी समृद्धिको अभियान अगाडि बढाउने गरी काम गर्न आग्रह गरे ।
बैठकमा केन्द्रीय सदस्यहरु चन्द्रमोहन गौचन, टसी स्याङ्वो गुरुङ, प्रदेश कमिटी सदस्य प्रमेश गुरुङ र समिता शेर्पा, तिलक बिक, एमाले बागलुङ जिल्ला कमिटी अध्यक्ष हिराबहादुर केसी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
एमालेको संकल्प यात्राको आठौं दिन कास्कीमा
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०