माउन्टेन बाइक रेस, ११ देशका ५५ खेलाडी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
mountain bike race in pokhara

पोखरा । पोखरामा यही मंसिर ७ मा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा १३, आर्वाविजय डाँडामा ३ दिनसम्म सो प्रतियोगिता हुन लागेको हो । मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने छन् ।

इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुने छन् ।

खेलकुद र पर्यटनलाई टेवा पु¥याउन प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाइ छ ।

प्रतियोगिताले आगामी दिनमा विश्वभर ठूलो संख्यामा माउन्टेन बाइकिङप्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पाेखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भए । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा…
  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…

hero news full width