पोखरा । पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखरा १० ले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा समाजलाई सहयोग पु¥याउने विभिन्न महानुभावलाई सम्मान गरेको छ ।
वार्षिकोत्सव समारोहबीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, समाजका ज्येष्ठ सदस्य प्रेमबहादुर गुरुङ, आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष सुरेन्द्र गुरुङ, आमा समूहका निवर्तमान अध्यक्ष भगवती गुरुङ, इन्जिनियर सागर गुरुङ तथा गोरखाली रेडियोद्वारा आयोजित खुला सामूहिक लोक नृत्य प्रतियोगितामा सहभागी समाजका कलाकार एवं नृत्य निर्देशकसमेतलाई सम्मान गरिएको थियो । प्रतियोगितामा सो समूहले द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा र समाजका अध्यक्ष सबइन्स्पेक्टर कमल गुरुङले सम्मानपत्र, फेटा र मालाले सम्मान गरेका थिए । सोही समारोहमा समाजका तर्फबाट प्रमुख अतिथि सिंखडा सम्मान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंखडाले समाजलाई व्यवस्थित गर्न बनेका प्रत्येक समाज स्वयंमा सानो सरकार भएको बताउँदै आर्थर डाँडाखर्कका विभिन्न समस्या सुल्झाउन सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरिन् । उनले भनिन्,‘ आदिवासी जनजातिको उत्थानको लागि संघीयता ल्याइएको हो, बाहुन क्षेत्रीलाई संघीयता चाहिएको थिएन ।’ जनताको ठूलो त्याग बलिदानबाट प्राप्त गरेको संघीयताको विरोध गर्नेहरुलाई सबैले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिबासी जनजातिको आवाज उठाएकै कारण तमु धिंले जनयुद्धमा माओवादीलाई ठूलो धनराशि सहयोग गरेको उल्लेख गर्दै त्यसअनुरुप सरकारले आदिबासी जनजातिलाई सहयोग नगरेको गुनासो गरे ।
पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले पोखरामा बनेका समाज भवनको निर्माणमा सरकारको कत्ति पनि सहयोग नरहेको भन्दै समाजकै सदस्हरुको साथ रहेको बताए ।
समाजका प्रमुख सल्लाहकार शेरबहादुर गुरुङले समाज गठनबाट आपसी चिनजान र सामाजिक कार्य गर्ने अवसर मिलेको बताए । समारोहको अध्यक्षको आसनबाट समाजका अध्यक्ष सबइन्सपेक्टर कमल गुरुङले आर्थर डाँडाखर्कको ऐतिहासिक गुम्बाको संरक्षण, विद्यालय, स्वास्थ्यचौकीलगायत समस्याबारे सामाजिक मन्त्रीको ध्यानाकर्षण गरेका थिए ।
फिर्के तमु समाजका अध्यक्ष जुमकाजी (धनवर) गुरुङले आफ्नो धर्म संस्कृति बचाउन नै समाज गठन भएको बताए । कार्यक्रमको सञ्चालन समाजका सहसचिव गान्धि गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०