पोखरा । सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मावि सम्मानित भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा र भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले हालै विद्यालयलाई सम्मान गरेका हुन् । दुवै संस्थाले नेपालीका चाडपर्वको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, मञ्चका अध्यक्षसमेत रहेका प्रतिष्ठानका अध्यक्ष हरि बरुवालले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराईलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे ।
विद्यालयले एसइई परीक्षामा देशभरवाट सर्वोत्कृष्ट स्थान हासिल गरेको र कक्षा १२ मा पनि उत्कृष्ट नतिजा ल्याई यस क्षेत्रकै गौरव बढाएको भन्दै सम्मान गरिएको हो । सोही अवसरमा गण्डकी आइडल स्टार सिजन ४ का नृत्यतर्फका विजेता पोखरा १९ चितेपानी निवासी करिना गहतराजलाई पनि नगदसहित सम्मान गरियो ।
त्यस अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले समाजको विकास र उत्थानमा साहित्यिक संस्थाले लेखन र आवाज मार्फत योगदान पु¥याएको बताए । सोही अवसरमा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आफ्ना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो ।
प्रतिष्ठानले गत भदौमा आयोजना गरेको खुला कृष्ण भजन प्रतियोगिताको आय व्यय पनि सार्वजनिक गरेको छ । कार्यक्रमबाट १२ लाख ३६ हजार संकलन भएकोमा ६ लाख ८१ हजार खर्च भई ५ लाख ५५ हजार बचत भएको प्रतिष्ठानले जनाएको छ । बचत रकम भजन प्रतियोगिता सञ्चालनका लागि अक्षयकोष स्थापना गरी राखिने अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । प्रतियोगितामा अर्थ संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिष्ठानका सदस्य रुपा केसीलाई पनि सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत र सञ्चालन मञ्चका सचिव भीमबहादुर गायक तथा प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी
स्टेप बाइ स्टेपमा खेलकुद
हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
वाराही माविको ६६ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०