पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० सुरु गरेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइने छ ।
पहिलो दिन शुक्रबार सेवाग्राही नलबहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रुपमा आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानुनको पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति हार्दिक आभार व्यक्त गरे । उनले कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख शर्माले बताए ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०