भलिबल खेलाडी सन्तोष थापाको दुर्घटनामा निधन

आदर्श समाज सम्वाददाता
मंसिर १, २०८०
santosh-kheledi

पोखरा ।  गण्डकी प्रदेश भलिबल टिमका सदस्य सन्तोषबहादुर थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मंगलबार राति स्याङ्जाको केवरे भञ्ज्याङबाट घर फर्कर्दै गरेको अवस्थामा उनको मोटरसाइकल दुर्घटनामा परेको हो ।

२२ वर्षे सन्तोष  वडास्तरीय भलिबल प्रतियोगितामा सहभागी भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किर्दै थिए । सन्तोष चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका हुन् ।

भलिबलका ओपन स्पाइकर थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा सहभागी खेलाडी हुन् । सशस्त्र प्रहरीको एपिएफ क्लबबाट समेत खेलेका सन्तोषको निधनमा बिहीबार गण्डकी प्रदेश भित्र हुन् भलिबल प्रतियोगिताहरु स्थगित गरिएको थियो ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु सन्तोषको सम्मानमा स्थगित भएको जानकारी दिए ।

सन्तोषको नै बिहीबार स्याङजा चापाकोटस्थित कालीगण्डकी घाटमा दाहसंस्कार गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width