गण्डकी । गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्याम पुच कास्कीले प्रतियोगिता आयोजना गरेको हो ।
तीन दिनसम्म सञ्चालन हुने फाइभ ए साइड प्रतियोगिताको यो सातौँ संस्करणमा रामकृष्ण टोल ल्यामपुच कास्कीको व्यवस्थापनमा रामकृष्ण टोलस्थित वि फिट फुटसल ग्राउण्डमा सुरु प्रतियोगितामा कास्की जिल्लाभित्रका १६ वटा नेवारी समुदायका टिमको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदायभित्र आपसी सम्बन्ध बढाउन खेलकुद प्रतियोगिता आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले समुदायस्तरबाटै हुने यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले संस्थाको सामाजिक उत्तरदायित्वस्वरुप यस्ता क्रियाकलाप आवश्यक रहेकामा जोड दिँदै युुवा जनशक्तिलाई देशभित्र बस्ने वातावरण बनाउन युुवामैत्री क्रियाकलाप आवश्यक हुने बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०