राष्ट्रिय माविको हीरक जयन्तीका लागि भेला मुल आयोजक र कार्य सम्पादन समिति गठन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०८०
rastriya mabi

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफ्नो स्थापनाको ७४ औ वर्ष पूरा गरी ७५ औं वर्षमा प्रवेश गर्दैछ ।
हीरक जयन्तीको पूर्वसन्ध्यामा शनिबार विद्यालयमा अध्ययन गरेका पूर्र्व विद्यार्थी, पूर्र्व शिक्षक÷कर्मचारी, पूर्र्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पूर्र्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेला पछि भएको छलफलले हीरक जयन्तीका लागि मुल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।

गठन भएको दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा संयोजक रहेका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा रहेका छन् । शनिबारको भेलामा १६८ जना उपस्थित रहेकोमा उनीहरु सवैलाई मुल समितिको सदस्यमा चयन गर्ने निर्णय भेलाले गरेको थियो । समितिमा आवश्यकता अनुसार सरोकारवाला अन्यलाई पछि सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिए ।

२१ सदस्य कार्य सम्पादन समितिको उपाध्यक्षमा विद्यालयका लागि जग्गा दान गर्ने जग्गादाता रत्नाखर पराजुली परिवारको तर्फबाट शिव प्रसाद पराजुलीलाई भेलाले चयन गरेको छ । समितिको सहसचिवमा स्थानीय कल्पना आर्चाय बास्तोला, कोषाध्यक्षमा पूर्र्व विद्यार्थी सृर्य प्रसाद सुवेदी र सह कोषाध्यक्षमा विद्यालयका लेखापाल गिता अधिकारीलाई भेलाले चयन गरेको थियो । शनिबार सम्पन्न भेलाका लागि सरोकारवालसंग समन्वयको काम शिक्षक नारायण प्रसाद चापागाई र खेमराज अधिकारीले गरेका थिए ।

विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको भेलामा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका पूर्र्व विद्यार्थी, शिक्षक सगै व्यवस्थापन समितिका अध्यक्ष भएर काम गरेका रामराज रेग्मी, समाजसेवी विश्व मोहन गौचन, पूर्र्व विद्यार्थी तिर्थ श्रेष्ठ, टिकाराम ढुगाना, क्रीषि पौडेल, कल्पना आर्चाय बास्तोला, चक्रपाणी सुवेदी, विष्णु प्रसाद अधिकारी, वोधराज गिरी लगायतले आ आफनो भनाई व्यक्त गदै हीरक जयन्तीलाई भब्य र सभ्य रुपमा प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।

भेलाले हीरक जयन्ती आउदो १ वर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने निर्णय समेत गरेको छ । आउदो मंसिर २० गते आयोजना गरिने प्रभातफेरी सँगै हीरक जयन्तीको शुभारम्भ कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैले आआफनो सहयोग गर्ने निर्णय समेत भेलाले गरेको छ ।

२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्वीकृति पाएसँगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो । नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको हो । त्यसपछि श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निमार्ण सम्झौता भएको थियो । भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तिर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पूर्र्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु र्भको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्य्यनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको सूचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान

    विजय नेपाल मंसिर १९, २०८०
    पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालय, पोखराले राष्ट्रिय परीक्षा बोर्डमा टपरलाई नगद २ लाखसहित सम्मान गरेको छ । विद्यालयमा मंगलबार आयोजित…
  • एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आयोजित उक्त…
  • स्टेप बाइ स्टेपमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । स्टेप बाइ स्टेप माविमा ३५ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त…
  • हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । पोखराको बाटुलेचौरमा भएको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्ध्यवासिनी मावि प्रथम भएको छ । विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक…
  • वाराही माविको ६६ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भयो ।…

hero news full width