पोखरा । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्यांक अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ ।
यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।
राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा भने विप्रेषण २५.९ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड पुगेको छ । वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या थपिँदै जाँदा विप्रेषण आप्रवाह पनि बढ्दै गएको देखिन्छ ।
विप्रेषणमा आएको वृद्धि र आयात वृद्धि सुस्ताउँदा मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति पनि उच्च बचतमा देखिएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब रुपियाँले बचतमा छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत १२ अर्ब ४३ करोड रुपियाँले बचतमा थियो । नेपालको अन्य देशसँगको कुल कारोबार देखाउने चालु खाता पनि समीक्षा अवधिसम्म ५९ अर्ब नौ करोड रुपियाँले बचतमा छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपियाँले घाटा थियो ।
विदेशी मुद्रा सञ्चिति ऐतिहासिक
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि गत वर्ष वैशाखदेखि पुससम्म केही वस्तुको आयातमै प्रतिबन्ध लगाएको स्थितिबाट त्यस्तो सञ्चिति ऐतिहासिक रूपमा उच्च अवस्थामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार असार मसान्तको तुलनामा सञ्चिति ६.७ प्रतिशतले बढेर असोज मसान्तसम्म १६ खर्ब ४३ अर्ब नाघेको छ । अमेरिकी डलरमा भने विदेशी मुद्रा सञ्चिति १२ अर्ब ३३ करोड डलर पुगेको छ । असोज मसान्तसम्म सञ्चिति विदेशी मुद्राले करिब एक वर्षको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैङ्कको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्ने उल्लेख छ ।
घट्यो मुद्रास्फीति
महँगी जनाउने मुद्रास्फीति असोजमा घटेको छ । राष्ट्र बैङ्कका अनुसार असोजमा मुद्रास्फीति ७.५० प्रतिशत कायम छ । जुन गत वर्ष असोजमा ८.५० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य समूह अन्तर्गत मरमसलाको मूल्य ३८ प्रतिशतसम्मले बढेको छ । क्षेत्रगत हिसाबले हिमाली क्षेत्र र काठमाडौँमा करिब समान १० प्रतिशतभन्दा बढीको मूल्य वृद्धि छ । पहाडमा ७।३८ प्रतिशतको मूल्य वृद्धि हुँदा तराईमा सबैभन्दा कम ५.६६ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
hero news full width
मुख्य समाचार
पर्यटन बसपार्क जिम्मा ए वानलाई
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०