रासस
पोखरा । गत साता जाजरकोटमा गएको भूकम्पपछि समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्। भूकम्पमा जोगिएका दुई जनाले चिसोका कारण ज्यान नै गुमाएका छन्।
शुक्रबार जाजरकोटको नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो।
गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको हो। वडाध्यक्ष बद्री पन्तका अनुसार एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो। गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारतमा छन्। यो गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ।
एक्लै बस्दै आएका उनी भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए। स्याहार गर्ने कोही थिएनन्।
माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भने भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन्। धपेडी र चिसोले निमोनिया भएर उनको निधन भएको हो।
वडाध्यक्ष पन्तका अनुसार वडा ४ मा ३ सय ७५ घरधुरीमध्ये झन्डै ३० ज्येष्ठ नागरिक दम, बाथरोग र मुटुरोगका बिरामी छन्। वडाका ३० जना सुत्केरीलाई पनि चिसो कटाउन निकै सकस भएको छ। स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडा पखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो। चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको छ।
Related News
सम्बन्धित समाचार
तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते
तनहुँमा बस दुर्घटना, ३६ जना घाइते
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा
जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०