लेखनाथ । त्रिवेणी इन्टरनेशनल कलेजको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले आफूहरु पनि एउटा परिधिभित्र रहेकाले भन्ने बित्तिकै सबै काम गरिहाल्ने अवस्था नरहेको वताए । उनले अनुदान दिने, गुणस्तर मापन गर्ने काममा निश्चित मापदण्ड अनुशरण गरेर आफूहरुले कार्य गरिरहेको वताए । अधिकारीले पेशालाई सम्मानित बनाउन, देशको आर्थिक अवस्था सुधार गर्न त्याग र समर्पण चाहिनेमा पनि जोड दिएका थिए ।
यस्तै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन दिनेशमणि अधिकारीले नेपालको उच्च शिक्षामा देखिएका समस्या निराकरणमा आफूहरु लागि रहेका वताए । सफलता प्राप्त गर्न सङ्घर्ष गर्नुपर्नेमा जोड दिंदै उनले स्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । विद्यार्थी विस्थापित हुनुका पछाडि रहेका चुनौतिको पहिचान गरि तिनका समाधान तर्फ लाग्नुपर्नेमा उनी उनले जोड दिएका थिए ।
उक्त अवसरमा कलेजका अध्यक्ष सुमन भटृराईले उच्च शिक्षामा विभिन्न खाले चुनौती रहेको वताउँदै त्यसको सामना गर्दै ७० प्रतिशत भन्दा माथी उत्कृष्ट नतिजा ल्याउन सफल भएको र त्यसले अझै उत्साह थपेको वताएका थिए ।
कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक शंकर पौडेल, संस्थागत विद्यालयहरुको तर्फबाट हिसान कास्कीका अध्यक्ष एवं डायमण्ड माविका प्रिन्सिपल यम रोका, सामुदायिक विद्यालयहरुको तर्फबाट लक्ष्मी आर्दश माविका प्राचार्य रविन्द्रनाथ भटृराई, पुर्व विद्यार्थी मञ्चका रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष किशोर परियार लगायतले विद्यार्थीहरु अध्ययन एवं रोजगारका लागि विदेश पलायन हुने अवस्था वढ्दो क्रममा रहेको भन्दै भोलीका दिनमा अझै विकराल अवस्था आउन सक्ने वताएका थिए ।
कार्यक्रमका अधिकांश वक्ताहरुले अध्यनपश्चात स्वदेशमै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरुको लागि उपयुक्त निति एवं पाठ्यक्रमको अभाव रहेको वताउँदै निति निमार्णको तहबाट यसलाई सम्बोधन गर्नुपर्ने वताएका थिए ।
कलेजका अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिशु कल्याणमा वार्षिक खेलकुद
गोल्डेन नेचरमा नेपाली निबन्धलेखन
लक्ष्मी माविमा विव्यस र शिक्षक अभिभावक संघ गठन
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०