विद्यार्थीलाई निशुल्क इन्टरनेट

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८०
ward 12 main

पोखरा । निशुल्क इन्टरनेट पाएपछि पोखराका विद्यार्थी उत्साहित भएका छन् । पोखरा–१२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निशुल्क इन्टरनेट व्यवस्था मिलाएको हो ।

वडा कार्यालयले ल्याएको नयाँ नीतिअनुसार आइटी पढ्ने विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने छ । इन्टरनेटको सुविधा प्राप्त भएपछि पढाइमा सहज भएको प्रजुल बास्तोलाले बताए । ‘अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषयबस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेट पहुँच पनि छैन । तर यहाँ भने विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याएको छ,’ उनले भने । इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थी प्रवेश कार्कीले बताए ।

वडा कार्यालयले मातहतका विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना र सञ्चार प्रविधिको प्रयोग गर्ने अवधारणा अनुरुप वडाभित्रका विद्यालहरुमा इन्टरनेट निशुल्क उपलब्ध गराएको हो । नेपालकै नमुना विद्यालयमध्येमा पर्ने शीतलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतका विद्यालयमा इन्टरनेट निशुल्क गरेको हो । वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो ।

पोखरा–१२ नम्बर वडा कार्यालयले आइटी अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क इन्टरनेट सुरु गरेपछि अन्यत्रका वडा कार्यालयले पनि तयारी गरेको बुझिएको छ । पछिल्लो समय सञ्चार प्रविधिले अत्यन्तै फड्को मार्दै गएकाले त्यसको उपयोग गर्न र विद्यार्थीलाई प्रविधिसँग जोड्न निशुल्क इन्टरनेटको व्यवस्था मिलाइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ,’ उनले भने ।

शिक्षण र प्रविधिलाई जोड दिँदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । शिक्षण सँगसँगै सञ्चार प्रविधि र यसबाहेक पनि गरिबीको रेखामुनि रहेका विद्यार्थीका लागि विभिन्न कार्यक्रम छुट्याइएको वडासचिव महेश्वर अर्यालले बताए ।

Related News

सम्बन्धित समाचार

  • ‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’

    श्रीभद्र पौडेल भाद्र २९, २०८१
    पोखरा । सराङकोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय कैलाशेश्वर शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १४/१५ वर्ष भयो । सुरुका…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ…
  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…

hero news full width