पोखरा । पोखरा–७, रत्नचोकस्थित पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा उद्घाटन गर्दै संस्थाका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारीले सेयर सदस्य वृद्धि गर्न पहल गर्नुपर्ने बताए । कास्कीमा ६ सय बढी पूर्व राष्ट्रसेवक कर्मचारी रहेको उनको भनाइ थियो । उनले सदस्यको सेयर रकमबीच समानता ल्याउन आवश्यक रहेको चर्चा गर्दै सेयर रकमलाई २५ हजार, ५० हजार, ७५ हजार तथा १ लाख गरी ४ समूहमा विभाजन गरी संकलन गर्न सुझाव दिए ।
पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष एवं सहकारीका संरक्षक नरहरि बरालले पूर्व कर्मचारीको आधारशिलाका रुपमा सहकारी रहेको स्पष्ट पार्दै सहकारीमार्फत राष्ट्र सेवकको अनुशासन झल्कनुपर्ने औँल्याए ।
निवर्तमान अध्यक्ष कुलप्रसाद भण्डारीले आर्थिक तरलताको वर्तमान अवस्थामा समेत सहकारी मजवुत रहेको तर्क गर्दै निर्धक्कसँग सहकारीमा कारोबार गर्न सुझाव दिए ।
सल्लाहकार रामप्रसाद श्रेष्ठले पूर्व राष्ट्र सेवक सहकारीमा संलग्न रहेकाले कार्यकुशलतापूर्वक संस्था सञ्चालन भइरहेको उल्लेख गरे । त्यस अवसरमा सेयर सदस्यहरु रामचन्द्र पौडेल, छवि सुवेदी, राजुराज अधिकारी, शान्ति शर्मा, भुवानीप्रसाद भट्टराई, विनियमावली पुनर्लेखन समिति संयोजक प्रेमराज गिरीलगायतले पनि धारणा राखे ।
कार्यक्रम बीच भावी योजना समेटिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीद्वारा प्रस्तुत प्रतिवेदन, सचिव शेखरनाथ लामिछानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, व्यवस्थापक चन्द्रकान्त पौडेलद्वारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद भण्डारीको वार्षिक आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुकदेव नेपालले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण प्रतिवेदन छलफलसहित अनुमोदन भयो ।
सहकारीका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य अनन्तराज लम्सालले स्वागत, सदस्य पुष्पराज भण्डारीले सहकारीका ७ सिद्धान्तवाचन एवं व्यवस्थापक चन्द्रकान्त पौडेलले कार्यक्रम सञ्चालन गरे । सहकारीमा हाल ३ सय २० पूर्व कर्मचारी आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
श्रीमतीको हत्या
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन
प्याराग्लाइडिङमा सोलो उडान माग
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१