खेलाडी कल्याणकारी कोषमा सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०८०
fishtail race help

पोखरा । फिस्टेल रेस आयोजक भिआर–४६ ले प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा २५ हजार सहयोग गरेको छ ।

भिआर–४६ का प्रबन्ध निर्देशक माइकल थापाले उक्त रकम सहयोग हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले चालु आवका लागि सो कोषमा ५ लाख प्रदान गरेको छ ।

भिआर–४६ सो कोषमा रकम दाखिला गर्ने पहिलो संस्थासमेत भएको छ ।

सहयोग गर्दै थापाले खेलाडीको हितमा सहयोग गर्न पाएकोमा हर्षित भएको बताए ।

सहयोगप्रति प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले आभार व्यक्त गरे । उनले भने, ‘यो नितान्त खेलाडी, प्रशिक्षक, रेफ्रि र खेल प्राविधिकको हितका लागि गरिएको कोषको व्यवस्था हो । भिआर–४६ ले यसमा सहयोग गरेकोमा आभार व्यक्त गर्दछु ।’

कोष सञ्चालनका लागि बैंक खाता समेत खोली रकम संकलनको सुरुवात गरिसकेको सदस्यसचिव शर्माले बताए । सबै जिल्लामा सूचीकृत भएका रेफ्री, प्राविधिक र खेल प्राविधिकको लगत संकलन कार्य सम्पन्न भइसकेको जनाउँदै उनले जिल्लाबाट संकलित रकमसमेत सोही खातामा जम्मा हुने बताए ।

जिल्लामा सूचिकृत रेफ्री, प्राविधिक र खेल प्राविधिकको वार्षिक जोखिम बिमा र खेलाडीको हकमा प्रतियोगिता अवधिभर कम्तीमा १ महिनाको बिमा हुने गरी परिषदले राष्ट्रिय बिमा संस्थानसँग छलफल अघि बढाएको सदस्यसचिव शर्माले जनाए ।

भिआर–४६ ले आगामी मंसिर ८ र ९ मा पोखरामा फिस्टेल रेसिङ कप–२०२३ आयोजना गर्दैछ । जसमा ७० भन्दा बढीले सहभागिता जनाउँदै छन् ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width