पोखरा । एट टु नाइन एफसी पोखराले अन्डर १५ फुटबल खेलकी उदीयमान राष्ट्रिय खेलाडी यशोदा बोहरालाई बुधबार १ लाख नगद सहयोग गरेको छ ।
क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गरी बचत रकम गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले घाइते खेलाडी यशोदाका काका जीतेन्द्रबहादुर बोहरालाई पोखरामा नगद हस्तान्तरण गरिन् । मन्त्री सिंखडाले दुख परेको वेला सहयोग गर्नु नै मानव सेवा भएको बताउँदै युवाहरूले खेलकुदको विकासमा लागेकोमा धन्यावाद ज्ञापन गरिन् ।
पोखरामा बन्द प्रशिक्षणमा रहेको वेला बोहरालाई स्पाइनल कर्डसम्बन्धी समस्या भएको थियो । क्लबले असोज १७ देखि २२ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता गरी बचत रकम बोहरालाई प्रदान गरिएको क्लबका उपाध्यक्ष धनराज तामाङले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका सचिव नवराज गुरुङले सञ्चालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष राजेश गुरुङ, रकम संकलनमा सक्रिय सुजु रानाभाट, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट, मन्त्रालयका सचिव र पत्रकारहरूको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१