पोखरा । पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गरेको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेसन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो ।
सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरे । उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरे । मावि र उच्च माविमध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट भएको हो । प्रतिभा नेपालकै उत्कृष्ट विद्यालयमध्येमा स्थापित बनिसकेको शिक्षण संस्था रहेको सापकोटाले दाबी गरे । उत्कृष्ट नतिजा, राम्रो व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारलगायत मापदण्डलाई मूल्यांकन गर्दै प्रतिभालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।
विद्यालय अध्यक्ष नारायण पौडेलले जापानमा आयोजित कार्यक्रममा उत्कृष्ट प्लस टुको अवार्ड प्राप्त गर्नु विद्यालका लागि गौरवको कुरा भएको बताए ।
पोखरा क्षेत्रमा विभिन्न व्यापार तथा व्यवसायमा स्थापित शैक्षिक उद्यमीको लगानीमा सञ्चालित प्रतिभाले सन् २०१८ मा युएईमा भएको कार्यक्रममा टिचिङ एक्सेलेन्स अवार्डसमेत हात पारेको थियो ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी
स्टेप बाइ स्टेपमा खेलकुद
हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
वाराही माविको ६६ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०