भूकम्पपीडितलाई गण्डकी प्रदेश सभाका कांग्रेस सांसदको १५ दिनको तलब

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०८०
file pic

फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले भूकम्पपीडितका लागि १५ दिनको तलब बराबरको रकम दिने भएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जनाएका हुन् ।

सचेतक न्यौपानेका अनुसार बैठकले कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुको १५ दिन बराबरको तलब रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावितहरुलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोधसमेत गरेको छ ।

यसअघि, गत १९ कात्तिकमा गण्डकी प्रदेशसभाका नेकपा (एमाले) का सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेका थिए । एमाले संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ सांसद छन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post