पोखरा । नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले भूकम्प प्रभावित क्षेत्रमा पार्टीद्वारा सञ्चालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई राहत र पुनर्निर्माण केन्द्रित गरिने बताएका छन् ।
प्रेस सेन्टर नेपाल कास्कीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको दुखसुखमा माओवादीसँगसँगै रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा तीनमहिने अभियानलाई १ महिना थपेर पार्टी पुनर्निर्माणमा होमिने निर्णय भएको जानकारी दिए ।
सबैभन्दा ठूलो कुरा जीउज्यानको सुरक्षा हो भन्दै महासचिव गुरुङले सुशासनको पक्षमा प्रचण्ड नेतृत्वको सरकारले बहुदलयताकै सबैभन्दा महत्वपूर्ण कदम चालेको दाबी गरे । उनले कुनै घटना दुर्घटना नभए गठबन्धन सरकार पाँचै वर्ष टिक्ने ठोकुवा पनि गरे । उनले भने, ‘हाल गठबन्धन दलहरुबीच त्यत्ति ठूलो संकट देखिँदैन, ओलीले भनेजस्तो देशको अवस्था छैन, जनता निराश हुनु पर्दैन ।’
संक्रमणकालीन न्याय टुंगाउने कुरामा सुरुमा दलहरुबीच अन्तरवस्तुमा सहमत भए पनि प्रक्रियामा अड्किँदा समस्या भएको उनले बताए । महासचिव गुरुङले त्यसबारे हिउँदे अधिवेशनमार्फत समाधान खोजिने जनाए । उनले प्रचलित कानुन र संयन्त्रको सापेक्षतामा भ्रष्टाचार नियन्त्रण अभियान सफल भएको भन्दै अभियान निरन्तर चल्ने उल्लेख गरे ।
पार्टी महासचिव गुरुङले अहिले विश्वशान्ति, समृद्धि, सुशासन, स्थिरता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्दै कोशी सरकार पनि सापेक्षित रुपमा स्थिरताको बाटोतर्फ लागेको दाबी गरे ।
संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपालबाट शान्तिको सन्देश विश्वरभर पुगेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
एमालेको संकल्प यात्राको आठौं दिन कास्कीमा
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०