पोखरा । तिहार अवसरमा अन्नपूर्ण गाउँपालिका–३, मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयका पूर्व विद्यार्थीबीच पुनर्मिलन हुने भएको छ ।
सो अवसरमा कात्तिक २७ मा वडास्थित आधारभूत विद्यालयस्तरीय नृत्य प्रतियोगिता, २०४९ देखि ०६२ सम्म भर्ना भएका विद्यार्थीबाट पूर्व विद्यार्थी मञ्च गठन गरिने भएको छ ।
साथै विद्यालयका अक्षयकोषदाता, सहयोगी संघसंस्था एवं व्यक्ति, पूर्व शिक्षक, पूर्व सञ्चालक समिति एवं शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको समेत सहभागिता रहने कार्यक्रम संयोजक शिवकृष्ण पौडेलले बताए । प्रअ टंकप्रसाद भण्डारीले पूर्व विद्यार्थी बीचको एकताले विद्यालयलाई फाइदा पुग्ने विश्वास लिए ।
विद्यालय अध्यक्ष दिलबहादुर केसीले पूर्व विद्यार्थी, अभिभावक, सहयोगी संघसस्था, बुद्धिजीवी लगायत सरोकारवाला सबैलाई विद्यालयमा स्वागत रहेको स्पष्ट पार्दै कार्यक्रम मार्फत विद्यालयप्रतिको माया बढ्ने विश्वास लिए ।
भेलामार्फत विद्यालयको चौतर्फी विकासका सहयोग पुग्ने अपेक्षा गरिएको पहिलो व्याचका विद्यार्थी छविराज पौडेलले बताए । विद्यालय स्थापना २०४९ सालमा भएको हो ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी
स्टेप बाइ स्टेपमा खेलकुद
हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
वाराही माविको ६६ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०