पोखरा । नेपाली कांग्रेसका अगुवा एवं समाजसेवी रामकृष्ण पराजुलीको निधन भएको १३ औं दिनमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली कांग्रेस पोखरा महानगर ४ नम्बर वडा कार्य समिति र महानगर समितिको संयुक्त आयोजनामा जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो ।
कार्यक्रमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पराजुलीले राजनीति र समाज सेवामा लाग्ने जोकोहीले लिन होइन दिन जान्नु पर्दछ भन्ने आदर्श बोकेर हिँडेको स्मरण गरे ।
पोखरेली उद्यमी व्यक्तित्व, व्यवसायी साथीहरु, दानी मन, इष्ट मित्र र शुभेच्छुकसँग हात फैलाइ संकलन गरिएको रकमबाट पोखराको चिप्लेढंगामा २ रोपनी १४ आना जमिन लिएर भवन बनाउने काममा पराजुलीको योगदान अतुलनीय रहेको उनले स्मरण गरे ।
कास्की सभापति किशोरदत्त बरालले समाजमा थोरै मानिस मात्र अजरअमर रहने भन्दै त्यसै मध्येका एक बफादार, कर्तव्यनिष्ठ, सामाजिक अभियान्ता पराजुली रहेको बताए ।
कांग्रेस पोखरामहानगर सभापति सुरेन्द्रमान विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा वडा समिति सभापति गोविन्द पराजुलीले प्रजातन्त्रको दियो प्रज्ज्वलित गर्दै निस्वार्थभावले रामकृष्ण पराजुलीले समुदाय, पोखरा क्षेत्र र कास्की जिल्लाभर पञ्चायती निरंकुश शासनका विरुद्धमा चेतना भर्न निरन्तर लागी परेको स्मरण गरे । २०४६ सालको आन्दोलनको दौरानमा पोखरामा ठूलो जनलहर उठ्नुमा पराजुलीको अग्रसरता प्रमुख रहेको उनले बताए ।
परिवारजनको तर्फबाट नारायण पराजुलीले श्रद्धाञ्जली कार्यक्रम आयोजक र उपस्थित सबैलाई धन्यवाद् ज्ञापन गरे । कार्यक्रमको सञ्चालन महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले गरेको प्रवक्ता धनञ्जय पौडेल बताए ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१