कांग्रेस कास्कीले गर्न लागेको जलपान कार्यक्रम स्थगित

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
congress-kaski
पोखरा । नेपाली कांग्रेस कास्कीले २२ गते गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित भएको छ । जाजरकोट जाजरकोट जिल्लाको बारेकोट गाउँ पालिका वडा न १ केन्द्र बिन्दु भएर  शुक्रबार  गएको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको दुखमा कार्यक्रम स्थगित गरिएको पार्टी जिल्ला सभापति किशोरदत्त बरालले बताए ।
यस दु:खद घडीमा मानवीय सेवामा खट्नु पर्ने भएका कारण नेपाली काङ्ग्रेस , कास्कीले मिति २०८० कार्तिक २२ गते गर्ने भनिएको शुभकामना तथा जलपान कार्यक्रम स्थगित गरिएको ब्यहोराको जानकारी गराउदँछु,  सभापति बरालले भनेका छन् । यस दु:खद घडीमा मानवीय सेवामा जुटनका लागि सबैमा उनले अनुरोध समेत गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…

hero news full width