शान्ति समाज कास्कीमा तीर्थराज

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
santhi samaj

पोखरा । मानवअधिकार शान्ति समाज कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज न्यौपानेको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
कार्यसमिति उपसभापतिमा रामकृष्ण ढुंगाना, सचिव शावित्री शर्मा, कोषाध्यक्ष पार्वती बराल (अशोका), सहसचिव झलक तिवारी चयन भए । सदस्य रमेश परियार, दीपलाल लामिछाने, जीवनप्रकाश श्रेष्ठ, सोमबहादुर गुरुङ, संगीता गुरुङ र शुक्रराज लामिछाने छन् ।

कार्यक्रम उद्घाटन गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाले संस्थाले मानवअधिकारमात्र नभई जलथर पशुपंक्षी तथा पर्यावरण क्षेत्रमा समेत अधिकारको क्षेमा काम गरेको देख्दा खुसी लागेको बताए । उनले भ्रष्टाचार न्यूनीकरण तथा लागुऔषध दुव्र्यसनमा समेत सचेत गराउँदै देशमा शान्ति स्थापना गर्न सरकारलाई समेत घच्घच्याएको बताए ।

संस्थाका केन्द्रीय सभापति रामकृष्ण बरालले राजनीतिक दलहरु सच्चिएर नआए मिसन–८४ मा आफैं पतन हुने दाबी गर्दै देशमा संक्रमणकाल टुंगिएन भने द्वन्द्व निम्तिन सक्ने बताए । उनले भ्रष्टाचारविरुद्धको समेत आफूहरु सशक्त कार्यक्रम लिएर आउने जानकारी दिए ।

संस्थाका जिल्ला सभापति तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय पूर्व सभापति उत्तम पुडासैनी, केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण रावल, सम्मानित व्यक्तित्व रवीन्द्र माकाजु, सल्लाहकार देवीलाल शर्मा, पूर्व सभापति धीरज थापा, विश्व शाक्य, स्याङ्जा सभापति हरि रेग्मी, यामप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा पर्यावरण, वातावरण सम्पदाको संरक्षणमा कलम चलाएको भन्दै रवीन्द्र माकाजुलाई कदरपत्र प्रदान गरिएको थियो । निर्वाचन संयोजक सूर्यप्रसाद ढकाल रहेको समितिले सर्वसम्मत् नयाँ कार्यसमिति चुनेको हो ।

कार्यक्रममा संस्थाका सहसचिव रमा ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पार्वती बराल (अशोका) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष रामकृष्ण ढुंगानाले स्वागत तथा सचिव शावित्री शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…
  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…

hero news full width