पोखरा । गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ। शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१