काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” लेख्नुभएको छ ।
नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो । रासस
–––
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
hero news full width
मुख्य समाचार
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१हेमजा तीज मेलामा कमलजौसी आमा समूह प्रथम
भाद्र २३, २०८१अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता
भाद्र २३, २०८१