पोखरा । पाल्पाली समाज पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दसैं, तिहार, नेपाल संवत्, छठ पर्व अवसरमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, पाल्पा हाउस प्रालि र पाल्पा कोलोनी प्रालिसँगको संयुक्त आयोजनामा न्युरोडस्थित पाल्पा हाउसमा आइतबार सो कार्यक्रम भएको हो ।
प्रमुख अतिथि समाजका सल्लाहकार एवं शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले पाल्पाली समाज पोखराका गतिविधिको प्रशंसा गर्दै चाडपर्व अवसरमा सुखशान्ति र समृद्धिको कामना गरे ।
समाजका संरक्षक एवं सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समाज पछिल्लो समय बृहत् हुँदै गएको बताए ।
समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडल, सल्लाहकार खेमबहादुर सारू, कार्यक्रम संयोजक समाजका सचिव किरण पाण्डे, समाजका प्रथम उपाध्यक्ष श्रीधर पराजुली र महासचिव सञ्जय आत्रेयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोहमा पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पा कोलोनीका अध्यक्ष रेशम थापा लगायत समाजका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य एवं शुभचिन्तकको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
‘आनन्द संहिता’ माथि परिचर्चा
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको सभा
मानव मिलनको टोली भारत प्रस्थान
सामुदायिक बगरमा दोहारिए राम
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१