सहकारी करमाथि पुनर्विचार हुनसक्छ: मेयर धनराज आचार्य

आदर्श समाज सम्वाददाता
असाेज २९, २०८०
kalam sahakari

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले लगाएको सहकारी करबारे छलफल गरी पुनर्विचार गर्न सकिने बताएका छन् ।

कलम बचत तथा ऋण सहकारी संस्था पोखराको १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले केही स्थानीय सहकारीमा अस्थानीय नेतृत्व भएका कारण संकटमा परेको उल्लेख गरे । साथै उनले कलम सहकारी अरुभन्दा पृथक रहेको भन्दै सहकारीको मूल्य मान्यतामा सञ्चालित भएको बताए ।

संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले हामीले स्वच्छ, स्वस्थ र पारदर्शीरुपले तडकभडक नगरी सहकारी सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै सोहीअनुरुप संस्था अघि बढेकोमा खुसी लागेको बताए ।

जिल्ला सहकारी संघका सचिव नवराज बरालले कलम सहकारी स्टेशनरी व्यवसायीको ब्रान्ड बनेको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार ऋषिराम शर्मा, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सम्मानित व्यक्तित्व पितृराज बास्तोला, नेपाल पुस्तक व्यवसायी संघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल, गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल, नेस्फुनका सूर्यप्रसाद तिमिल्सिना, श्रीपति सहकारीका सचिव नवराज बराल, पत्रकार सुष्मा पौडेल र सेयर सदस्य साहित्यकार शिव त्रिपाठीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष अर्जुनप्रसाद पोखरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रमबीच उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कारोबारी, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष मनोहरि सापकोटाको स्वागत मन्तव्य रहेको सो कार्यक्रम सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width