पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए । लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले शनिबार लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जनाए ।
बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । ञनयाँ नयाँ मान्छेसँग कसरी कुराकानी गर्ने, कसरी फेस गर्ने ? थाहा भयो, प्रीतिले सुनाइन् ।
दिनभरको कलेक्सन जम्मा भइसकेको थिएन । प्रीतिले सरदर ३÷४ हजारको व्यापार गरिन्। किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न पाउँदा प्रीति उत्साहित देखिएकी थिइन् । बिएस ड्ब्लु दोस्रो वर्ष पढ्दै गरेकी तेन्जिङको स्टलमा पनि फास्ट फुड आइटम थिए । तेन्जिङले पनि लाफिङ बिक्री गरेर प्रितीले जस्तै फरक अनुभव गरिन् । कलेज तेन्जिङ कार्निभलमा आएका नयाँ पाहुनासँग ठट्यौली पारामा प्रस्तुत भइरहेकी थिइन् ।
नजिककै स्टलमा बबल टी, कफी र लस्सीको स्टल राखेका अनुपम पोखरेल पनि लेकसिटी कार्निभलमा उत्साहित देखिएका थिए । पोखरेल पोखरा ट्रेडमहलमा ४ वर्ष यता व्यापार गरिरहेका छन् । तर, कलेजको माहोलमा थप उत्साहित भएको उनले बताए । ‘कलेजमा यसरी सबैजना हुँदा रमाइलो लागिरहेको छ । ट्रेड महलमा पनि ग्याजेट सप चलाइरहेको छु । अहिले दुई महिना जति भयो, कफी सप पनि चलाइरहेको छु,’ उनले भने । पोखरेल बिबिएस चौँथो वर्षमा अध्ययनरत छन् ।
कलेज मेलामा रन्जु गुरुङ र स्वस्तिका लामाले क्याराओक ल्याएका थिए । दुवै साथी मिलेर नयाँ टेस्ट हुन्छ भनेर क्याराओक ल्याएको बताए । क्याराओकमा कुनै पनि गीतको लिरिक्स हेर्दै गीत गाउन पाइन्छ । १० मिनेट गीत गाएको १०० रूपैयाँका दरले शुल्क लिएको रञ्जु गुरुङले बताइन् । कलेजमा नयाँ टेस्ट ल्याउँदा उत्साहित भएको उनले सुनाइन् ।
बगरबाट कलेज कार्निभलमा आएका पुरुषोत्तम मानन्धर र राधा मानन्धरले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिएकोमा खुसी माने । ‘ठिकै लागिरहेको छ । विद्यार्थीलाई नयाँ नयाँ प्रयोग गराइरहेको छ,’ पुरुषोत्तमले भने ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
पोखरामा खुल्यो गेन्स कलेज
गुणस्तरीय शिक्षामा जोड
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१