पोखरा । महेन्द्रपुलस्थित आर्ट ग्यालरी भत्काएर अहिले शौचालय तयार भएको छ । यसका लागि पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारी छ । जग्गा उपलब्ध गराउने र ड्रोइङ र डिजाइन महानगरले गरेको थियो भने अन्य संरचनामा एनआरएनएले लगानी गरेको हो ।
गत वर्ष २७ चैतमा एनआरएनए अध्यक्ष रविना थापा र पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्तरुपमा शौचालय शिलान्यास गरी काम सुरु भएको थियो । यसमा कुल लगानीको ६० प्रतिशत एनआरएनए र बाँकी पोखरा महानगरपालिकाले खर्च गरेको छ । शौचालय निर्माण गर्न एनआरएनएले ६० लाख उपलब्ध गराएको छ भने पार्क बनाउन थप २० रुपैयाँ लाख प्रदान गर्नेछ ।
बाँकी खर्चको व्यवस्थापन महानगर आफैँले बेहोर्ने मेयर धनराज आचार्यले बताए ।
शौचालय निर्माणको जिम्मा पाएको लाखे विल्डर्स नेपालले करिब ६ महिनामा काम सकेको हो । शुक्रबार शौचालय उद्घाटन र हस्तान्तरण गर्ने तय भएबमोजिम भव्य स्टेज सजाइएको थियो । बिहान ८:३० बजे उद्घाटन तोकिए पनि एनआरएनए अध्यक्ष रविना थापा नआएपछि निर्धारत समयमा कार्यक्रम सुरु भएन । जहाज ‘डिले’ भएकोले कार्यक्रम सुरु भएको थिएन । त्यसबेलासम्म आयोजकले सांस्कृतिक कार्यक्रम गरी अतिथि भुलायो । महेन्द्रपुल ओहोरदोहोर गर्नेहरु ब्यानर पढेर हास्दै गरेको दृश्यले शौचालय उद्घाटन तामझामलाई खिल्ली उडाइरहेको थियो । उनीहरु भन्दै थिए, ‘ट्वाइलेट उद्घाटन पनि कति तामझाम र खर्चिलो हो । यहाँ खर्च गर्ने पैसाले त अर्को ठाउँमा पनि ट्वाइलेट नै बन्थ्यो होला ।’
१० बजेतिर बल्ल एनआरएनए अध्यक्ष थापाको उपस्थितिपछि कार्यक्रम सुरु भयो । त्यतिञ्जेलसम्म उपस्थित पाहुना फर्किसकेका थिए । समारोहबीच शौचालयको चाबी एनआरएनए अध्यक्ष थापाले महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन् ।
प्रमुख आचार्यले व्यवस्थित सहरभित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको प्रष्ट्याए । ‘पूर्वाधार निर्माणका लागि मूल्यभन्दा पनि साझेदारी महत्वपूर्ण हो,’ उनले भने, ‘यो हाम्रो सहर बनाउन हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौं भन्ने सन्देश पनि हो ।’
पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवन विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको बताए । ‘शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिनेछ । यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उनले बताए । उनका अनुसार शौचालय अगाडि वाटर फाउन्टेनसहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।
मेगा प्रोजेक्ट संयोजक तथा एनआरएनए अध्यक्ष थापाले नेपालीशैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन् । यसले पोखरा आउने पर्यटकलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै यहाँको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने उनको विश्वास छ । भविष्यमा पनि पोखराका विभिन्न स्थानमा यस्तै प्रकारका स्वच्छता प्रवद्र्धनको अभियानमा थप सहकार्यका लागि आफूहरू तयार रहेको उनले बताइन् । ‘
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरमा हुनुपर्ने आधारभूत पूर्वाधार सार्वजनिक शौचालय, पार्क, खुला स्थान, चिल्ड्रेन पार्क लगायत निर्माणमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताए । आगामी दिनमा क्रमश यसप्रकारका पूर्वाधार महानगरपालिकाको एकल लगानी र लागत साझेदारीमा निर्माण गर्दै जाने योजना रहेको उनले बताए ।
महिला पुरुष शौचालयमा महिलाको सुविधा निम्ति सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष समेत छ । सेन्सरसहितका बेसिन तथा धारा जडान गरिएको छ । बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ । सो स्थानमा सुन्दर पार्कसमेत निर्माण हुनेछ ।
हाल पोखराका १५ भन्दाबढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१