निजामती कर्मचारी युनियनको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज २६, २०८०
karmachari (1)

पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले दसैं, तिहार, नेपाल संवत एवं छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । सरुवा, बढुवा भएका कर्मचारी सदस्यहरुको स्वागत एवं बिदाइ समेत सोही अवसरमा गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले जनताका काम छिटोछरितो र सर्वसुलभ तबरबाट गरी सुशासनको प्रत्याभूति दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गरिन् ।

सरकारलाई सफल गराउने हात नै निजामती प्रशासनमा रहेको उनको भनाइ थियो । ‘जनताका स–साना कामलाई गरेमा ठूलो उपलब्धि हासिल हुन्छ,’ गुरुङले भनिन्, ‘ विदेश पलायन भइरहेका युवा जनशक्तिलाई यही नै रोजगारी, उद्यमको वातावरण सिर्जना गर्नु आवश्यकतासँगै चुनौती छ ।’

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले कर्मचारी प्रशासन नै सरकारको बल भएकाले नागरिकसँग प्रत्यक्ष सेवा प्रवाहमा सरिक रहनुपर्ने बताए ।

युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारी प्रशासनले बनाउने नीति राजनीतिक नेतृत्वले स्वीकार गर्न नसक्दा मुलुकमा सुशासन हुन नसकेको बताए ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका अध्यक्ष दीपक रेग्मी, कास्की कांग्रेसका सहसचिव नविन सिग्देल, कर्मचारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेशकुमार सिग्देल, उपसचिवहरु प्रविण ढकाल, विश्व आचार्य र अम्बिका आचार्य लगायतले कर्मचारीमा एकता कायम राख्दै आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width