अमरसिंह माविमा मनोसामाजिक परामर्श

आदर्श समाज सम्वाददाता
असाेज २६, २०८०
zonta 1

पोखरा । ‘इन्टरनेसनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोन्टा क्लब अफ पोखराले मेण्टल हेल्थ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । पोखराको अमरसिंह माविमा कक्षा ९ मा अध्ययनरत छात्रछात्राहरुमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा आयोजक क्लबका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा कोपिला नेपालका बिना सिलवालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याइन् । यो उमेरमा नकारात्मक सोंचको विकास भएमा त्यसले दीर्घकालसम्म असर गर्ने भएकाले उनीहरुलाई मनोसामाजिक सुरक्षाका बारेमा अवगत गराउनुपर्नेमा उनले जोड दिइन् । नेपालमा ४ प्रतिशत किशोरकिशोरीहरुमा आत्माहत्याको विचार आउने गरेको उनको भनाइ थियो ।

अमरसिंह माविका प्राचार्य तेजश्वी बरालले जोन्टा क्लबले आफ्नो विद्यालयमा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । जोन्टा युएन कमिटी प्रमुख सावी श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम महासचिव नेलिसा ठकुरीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width