उद्यमशीलताका लागि गविवि र एनवाइइफ सम्झौता

आदर्श समाज सम्वाददाता
असाेज २६, २०८०
nyef (2)

पोखरा । गण्डकी विश्वविद्यालय र नेपाली युवा उद्यमी मञ्च पोखराबीच शिक्षा, र उधमशीलताका लागि सम्झौता भएको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी र एनवाइइफ पोखराका अध्यक्ष निरन केसीबीच बिहीबार पोखरामा सम्झौतापत्र आदानप्रदान भएको छ ।

कार्यक्रममा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्यमशीलतामा नयाँ आयम थप्न र उद्यमशीलता सम्बन्धी भावी योजना तर्जुमा गरी अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

एनवाइइफ पोखराका अध्यक्ष निरन केसीले तत्कालीन द्वन्द्वको समयमा युवा व्यवसायीहरु पलायन भइरहेको अवस्थामा त्यसलाई रोकन संस्था गठन भएको स्मरण गरे । मञ्चले विशेषगरी युवाहरुलाई लक्ष्य गरेर उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका कार्यक्रम गर्दै आएको बताए । देशको अर्थतन्त्र र नीतिहरूमा परिवर्तन ल्याउनका लागि मञ्चले सहयोग गर्दै आएको उनको भनाइ थियो । गण्डकी विश्वविद्यालयसँगको सम्झौताले नेपाली युवाहरु विदेशिने क्रमलाई रोक्न र युवाहरुलाई उधमशीलतामा प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । विश्वविद्यालयका विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी कार्यक्रममा सहभागी गराउने प्रतिबद्धता उनले जनाए ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width