गर्भवतीलाई हेली उद्धार

आदर्श समाज सम्वाददाता
असाेज २४, २०८०
heli

पोखरा । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका–७, छेकम्पारकी ४१ वर्षीया गर्भवती महिलाको हेली उद्धार गरिएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्धार गरेर काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

सुरुआतमा उनलाई छेकम्बार स्वास्थ्य चौकीमा लागिएकोमा अवस्था जटिल रहेको भन्दै हेलिकोप्टर मगाइएको थियो । लामाको उद्धार गरी काठमाडौं थापाथली हस्पिटल लगिएकोमा अप्रेसन गर्नुर्ने भएपछि पाटन रेफर गरिएको थियो । लामाले त्यहाँ छोरीको जन्म दिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताइन् ।

यसैबीच, चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले गोरखाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य सेवाका कर्मचारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (हवाई उद्धार शाखा), सम्बन्धित स्वास्थ्य परियोजनाका कर्मचारी, क्याप्टेन लगायत सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width