पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार सम्पन्न भयो । परिषद अध्यक्ष एवं सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको अध्यक्षतामा बसेको बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ ।
बैठकले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा सञ्चालन कार्यविधि २०८० र खेलाडी कल्याण कोषको स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि २०८० पारित गरेको छ । यस्तै, खेल संघ दर्ता, नवीकरण तथा सञ्चालनसम्बन्धी मापदण्ड २०८० स्वीकृतिका लागि मन्त्रालयमा पठाउने निर्णय भएको परिषद्का सदस्यसचिव श्रीधर शर्माले बताए । प्रदेश खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण रुपमा रहने जनाउँदै उनले मन्त्रालयको स्वस्कृतिपछि २ कार्यविधि र मापदण्डले खेलकुदलाई अझै प्रखर रुपमा अघि बढ्न सहज बनाउने बताए । बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास बजेटका विषयमा समेत निर्णय गरेको छ ।
मन्त्री सिंखडाले परिषद्का सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि जिम्मेवारी पूरा गर्न निर्देशन दिइन् । ‘मेरो जिम्मेवारी के हो, म को हो, मैले के गर्नुपर्छ’ यी ३ कुरामा ध्यान दिन सके, खेलकुद विकासले फड्को मार्ने बताइन् ।
खेलकुद विकासमा रहेका कुनै पनि समस्याको हल गर्न आफू तयार रहेको बताउँदै मन्त्री सिंखडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढने सके खेलकुद अझै प्रभावकारी रुपमा अघि बढन सक्ने बताइन् । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१