युवा संघले बुझायो ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
असाेज २३, २०८०
yuba sangh1

पोखरा । नेकपा एमाले निकट युवा संघ नेपाल कास्कीले हालै इजरायल र हमास्की लडाइँको चपेटामा परी मृत्यु भएका, घाइते एवं बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै घाइते र पीडितहरूको तत्काल उद्दार गरी सकुशल नेपाल ल्याउने पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै जिसीले कास्कीका युवाहरू समेत उक्त घटनामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्धारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको भन्दै सो सबै कास्कीबासीलाई संयमताका साथ उद्धारमा सहयोग गर्न अपिल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार…
  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…

hero news full width