कान नसुन्नेलाई बबल टी ज्यामिज तालिम

आदर्श समाज सम्वाददाता
असाेज २२, २०८०
Bubble tea

पोखरा । श्रवण अपांगता भएका हरुका लागि बबल टी ज्यामिजसम्बन्धी १० दिने तालिम सुरु भएको छ । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा र पोखरा–३१ को सहयोगमा तालिम सुरु भएको हो ।

तालिममा कास्की, स्याङ्जा, तनहुँ र लमजुङका २७ जना श्रवण अपांगता भएकाहरु सहभागी छन् ।

तालिममा पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले सिप सिकेपश्चात् व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिम लिइसकेपछि व्यवसायमा लाग्न चाहनेलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने वडाध्यक्ष कँडेलले बताए । व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले बहिराहरूका लागि ज्यामिज, सैलुन, टेलरिङ जस्ता तालिम उपयोगी हुनेमा जोड दिए । उनले श्रवण अपांगता भएकाहरुका लागि बबल टी सम्बन्धी तालिम दिएर पहिलो खुड्किलो तयार गरेको बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओझाले अपांगता भएका व्यक्तिहरूका लागि पछिल्लो समय तालिम अति आवश्यक रहेको बताए । आर्थिक उपार्जन र रोजगारोन्मुख बाटो पहिल्याउनका लागि तालिम प्रभावकारी हुने उनको भनाइ थियो । गण्डकी बहिरा संघका कोषाध्यक्ष जमानसिंह गुरुङले अन्य संघसंस्थाहरूले पनि बहिरा संघसँग समन्वय गर्दै अघि बढ्नुपर्ने बताए ।

बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले राज्यले अपांगता भएका व्यक्तिहरूलाई व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिनुपर्ने बताए । तालिममा रामकृष्ण अधिकारीले सहजीकरण गर्नेछन् भने दोभाषे अर्चना रोकाले सघाउने छिन् ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width