लेखनाथ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले प्राकृतिक स्रोत र साधन सुनको अण्डा भएको बताएका छन् । कास्कीको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको शनिबार २२ औं वार्षिक साधारण सभाको उद्घाटनपछि उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री थापाले भएका प्राकृतिक स्रोत र साधनको उचित रुपमा संरक्षण गर्दै आयआर्जनमा जोडिन सक्ने हो भने मनग्य आम्दानी गर्न सकिने भनाइ पनि राखे । ‘ताल तलैया, वन जंगल र हिमालहरुलाई सुनको अण्डाका रुपमा लिन सकिन्छ,’ उनले भने ।
रुपा तालमा स्थानीयले प्राकृतिक सम्पदाको संरक्षण गर्दै माछाबाट दिगो उत्पादन गर्दै आएका छन् । ‘यो काम राज्यले गर्न सक्दैन तर यो संस्थाले माछा पालनका क्षेत्रमा देखाएको योगदानलाई मुक्तकण्ठले स्वागत गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले रुपातालको विकासका लागि सञ्चालनमा रहेको परियोजनालाई सफल पार्नुपर्ने खाँचो औंल्याए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपातालको एकीकृत विकासका लागि गाउँपालिका सहकार्य गरेर अगाडि बढ्न तयार रहको विचार राखे ।
सोही अवसरमा एकीकृत रुपाताल संरक्षण तथा विकास परियोजना कार्यालयका प्रमुख कालीबहादुर शाहीले परियोजना सम्पन्न भएपछि रुपकै मुहार फेरिने भएकाले यसलाई निर्धारित समयमा सम्पन्न गर्न सबैको साथ चाहिने सुनाए । बेगनासताल मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. इकवाल हुसेनले रुपातालको वातावरणीय अनुकुलताका कारण पनि यो तालमा माछाका लागि उपयुक्त वातावरण रहेको धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका अधिकारी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सोमलाल कँडेल, सल्लाहकार संयोजक लेखनाथ ढकाल, सेयर सदस्य नरमाया गुरुङ लगायतले धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
पर्यटकीय याममा पोखराको तयारी
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
hero news full width
मुख्य समाचार
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१