पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा कौसी खेती तालिम तथा बिउबिजन सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
तालिमको क्लबका संस्थापक अध्यक्ष हरि भाटले उद्घाटन गर्दै क्लबले यो वर्ष महिला लक्षित कार्यक्रमलाई अगाडि बढाएकोमा सोहीअनुरूप कार्यक्रम आयोजना गरिएको बताए ।
कृषि विज्ञ सञ्जीपबहादुर बरालले सहजीकरण गर्दै बजारको महँगीबाट परेको असरलाई थोरै भए पनि न्यूनीकरण गर्न कौसी खेती एउटा सहयोगी माध्यम भएको बताए । उनले कौसीखेतीका नाममा घरको कौसी नै मास्ने तरिकाले नभई विधि र प्रविधिको सही उपयोग गरेर खेती गर्न समेत सुझाव दिए ।
तालिममा सहभागी सम्पूर्णलाई साग, सिमी, बोडीलगायत बिउबिजन सहयोग गर्नुका साथै बिरुवा उत्पादन गर्ने, रोप्ने र रोग लागेमा उपचार विधिसमेत सिकाइएको थियो । कार्यक्रममा पार्वती टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर पुनले संस्थाले निकै उपयोगी र समय सापेक्ष कार्यक्रम टोलमा ल्याइदिएकोमा आभार व्यक्त गरे ।
कार्यक्रम संयोजक लेखमाया थापाले तालिम निकै प्रभावकारी भएको र क्लबबाट प्राप्त सहयोग बिउबिजनको नर्सरीदेखि उत्पादनमा कुनै समस्या आइपरे पुन: सहयोग गर्नसमेत आग्रह गरिन् ।
लायन वर्ष २०२३/२४ का अध्यक्ष तुल रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष असफल गौतमको स्वागत र पूर्व अध्यक्ष कृष्ण रानाभाटको सञ्चालन रहेको थियो ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१