पोखरामा अग्रिम टिकट बुकिङ खुला

आदर्श समाज सम्वाददाता
असाेज २२, २०८०
buspark

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पोखरामा अग्रिम टिकट बुकिङ खुला गरेको छ । कम्पनीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबारदेखि बुकिङ खुला भएको जानकारी दिएको हो ।

विजयादशमी शुभदीपावली तथा छठ पर्वलाई लक्षित गरी विभिन्न समस्याका बाबजुद पनि बिक्री खुला गरिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । आइतबारदेखि कम्पनी कार्यालय पोखरा–८, फेवा मार्ग फिर्के र कम्पनीका अन्य सेवा प्रदायक कार्यालयअन्तर्गतका काउन्टरहरुबाट अग्रिम टिकट उपलब्ध भएको उनले बताए ।

‘हाम्रा मागहरु यथावत् कायम राख्दै माग पूरा नभएमा लामो दूरीमा सञ्चालन हुने दिवा तथा रात्री बसहरुको अग्रिम टिकट बुकिङ नखुलाउने हाम्रो अडानबाट एक स्टेप पछाडि हट्दै चाडपर्वको लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ,’ उनले भने, ‘यस कम्पनी प्रालिको रजिस्टर्ड कार्यालय पोखरा–८, फेवा मार्ग फिर्केबाट र कम्पनीका अन्य सेवा प्रदायक कार्यालय अन्तर्गतका काउन्टरहरुबाट अग्रिम टिकट उपलब्ध हुने गरी असोज २१ गतेदेखि यात्रु बस सेवा सञ्चालनमा घाटा सहेर भए पनि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ ।’

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width