गण्डकीको प्रदेश कार्यालय उद्घाटन गर्न रवि लामिछाने र स्वर्णीम वाग्ले भोलि पोखरा आउने

आदर्श समाज सम्वाददाता
असाेज २१, २०८०

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र स्वर्णीम वाग्ले भोलि पोखरा आउने भएका छन् । गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्न सभापति लामिछाने पोखरा आउने कार्यक्रम रहेको कार्यक्रमका प्रचारप्रसार संयोजक सुजन बस्ताकोटीले जानकारी दिए ।

रास्वपाले गण्डकी प्रदेश कार्यालय पोखराको जिरोकिलोमिटरमा स्थापना गरेको छ । प्रदेश कार्यालय उद्घाटनसँगै कास्कीका विभिन्न पालिकामा पुग्ने तालिका रहेको प्रचारप्रसार संयोजक बस्ताकोटीले बताए ।

‘सोमबार पोखरा २९ भण्डारिढिक खेल मैदानमा बिहान ११ बजेट त्यहाँका स्थानीयलाई सभापति ज्यूले संम्बोधन गर्ने तालिका छ । यसलगत्तै जिरोकिलो मिटरमा प्रदेश कार्यालय उद्घाटन गर्ने सेडुल छ,’ प्रचारप्रसाद संयोजक बस्ताकोटीले भने ।

सोमबार नै सभापति लामिछानेले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकमा दिउँसो पौने ३ बजेट त्यहाँका स्थानीयहरुलाई सम्बोधन गर्ने तालिका रहेको उनले सुनाए । स्रोतका अनुसार सभापति लामिछानेले कास्कीमा एक हप्ता संगठन विस्तारसँगै नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ ।

कार्यक्रममा रास्वपाक सभापति लामिछाने, प्रतिनिधिसभा सदस्य वाग्ले र शिव नेपाली, गण्डकीका सभापति राजन गौतमले सम्बोधन गर्ने कार्यतालिका तालिका छ ।

Related News

सम्बन्धित समाचार

  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…

hero news full width