पोखरा । सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनभन्दा बढी बिगो थपेर अभियोग दायर गरेको छ ।
कार्यालयले सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा अभियोग दायर गरेको हो ।
प्रहरी कार्यालयले बुझाएको अनुसन्धान प्रतिवेदनभन्दा १५ लाख बढी माग दाबी थपेर मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अभियुक्तहरुलाई उक्त ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ(६) बमोजिम बिगो भराई बिगो बमोजिम जरिवाना कैद सजाय माग गरिएको छ । यसरी हेर्दा उक्त कसूरमा प्रतिवादी १९ जनालाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुनेछ ।
सहकारी ठगी प्रकरणमा पदाधिकारी तथा पूर्व सञ्चालकले बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख रुपैयाँ ठगेको भन्दै सोही बमोजिम बिगो दाबीसहित प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न गठन गरिएको विज्ञको प्रतिवेदनअनुसार भने ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार थियो । उक्त कसूरमा १९ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा हालसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेलमात्र पक्राउ परेका छन् । उनलाई बिहीबार अदालतमा हाजिर गराइएको थियो । जसको थुनछेक बहस शुक्रबार हुनेछ ।
१ अर्ब ११ करोड ३४ लाख बिगोसहित जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ परेको २४ औं दिनमा आफूहरुले अनुसन्धान सकेर फाइल बुझाएको बताउँदै अन्य प्रतिवादीहरुको पनि खोजीकार्य भइरहेको बताए ।
प्रहरीले सो प्रकरणमा १ हजार ३६ जना बचतकर्ताले जाहेरी दिएको जनाएकोमा सरकारी वकिलले भने १ हजार ३५ जना बचतकर्ताको जाहेरी आएको जनाएको छ ।
सहकारीका सानाठुला १८ हजार ७ सय जना बचतकर्ता छन् । अभियोगपत्र अनुसार सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको पाइएको छ ।
कुन सञ्चालकले कति पैसा अपचलन गरे भन्ने प्रस्ट नखुलेकाले समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरी आधारमा उक्त रकम बराबरको बिगो दाबी गरिएको प्रहरीले जनाएको थियो ।
उक्त अभियोगमा सहकारीका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको हो ।
कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा ३२ साउनमा सार्वजनिक सूचना जारी गर्दै १५ भदौसम्म पीडितलाई जाहेरी दिन आग्रह गरेको थियो । उजुरी आधारमा २४ भदौमा तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईलगायतलाई पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसको २ दिनमै कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए ।
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१