पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी मायानाथ अधिकारीलाई १६६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए ।
निर्वाचित नवराजले कुल खसेको ८ सय ९६ मतमध्ये ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत ल्याएको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए । पदाधिकारीमा नवराज प्यानल नै निर्वाचित भएको हो ।
उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए । उनले ५ सय ३४ मत प्राप्त गर्दा उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए । उनले ५ सय २० मत प्राप्त गर्दा कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत निर्वाचित भए । उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।
उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् ।
नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।
हेर्नोस् विस्तृत विवरण–
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१