लेखनाथका ६ पसलमा अनुगमन, म्याद नाघेका र अखाद्य वस्तु नष्ट

आदर्श समाज सम्वाददाता
असाेज १८, २०८०
anugaman1

पोखरा । चाडपर्व नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन थालेको छ । चाडपर्वका बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो ।

चाडपर्वमा उपभोक्ता नठगिऊन भन्ने उद्देश्यले पोखरामा बजार अनुगमन तीव्र पारिएको हो । व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेको महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेलले बताए । मनपरी मूल्य र बदमासी रोक्न अनुगमनलाई दसंैसम्म अनुगमनलाई तीव्रता दिने उनको भनाइ थियो ।

महागनरले बिहीबार लेखनाथ क्षेत्रका ६ वटा पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका ६ वटा पसलबाट म्याद नाघेका अखाद्य वस्तु मिसाइएका सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा ३० मा रहेको एएन बी सर्पिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको म्याद नाघेका र अखाद्य वस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिए ।

पोखरा ३० कै एनएस मिराज स्टोर्समा नापतौलका सामग्री दर्ता नगरेको, महानगरमा व्यवसाय नवीकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा एक साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै मक्क्त खुद्रा स्टोस पोखरा ३१ म पनि सामग्री नष्ट गरिएको छ भने लाहाचोक किराना पसल अखाद्य वस्तु मिसाइएका वस्तु फेला परेको र नष्ट गरिएको छ । लेखनाथकै म्याग्दी सुमन होटलबाट २० हजार बराबरको फ्राइ गरेको लेग पिस नष्ट गरिएको छ ।

पोखरा महानगरपालिका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका खाद्य सामग्री, मूल्यसूची नभएका, लेबल नलगाएका सामग्री फेला परेको अनुगमन अधिकृत पौडलले बताए ।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width