पोखरा । रात्रिकालीन व्यवसायमा आबद्ध महिला कर्मचारीलाई प्रशिक्षण दिइएको छ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा राइट फर चिल्ड्रेन संस्थाको सहयोगमा सोमबार प्रशिक्षण भएको हो ।
रात्रिकालमा चल्ने डान्स बार, क्लब, दोहोरी तथा होटलमा आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुनसक्ने महिला हिंसा, यौन दुव्र्यवहार तथा महिलामाथि हुनसक्ने विविध घटनाहरूको विषयमा सुरक्षात्मक एवं कानुनी सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णु भट्टराई, पोखरास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी तथा सञ्चालकहरू लगायत अन्य भद्रभलादमी गरी २ सय १० जनाको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रनाउ श्रवणकुमार विकले सुरक्षात्मक एवं कानुनी सचेतनामूलक प्रशिक्षण प्रदान गरे । प्रहरी निरीक्षक समिक्षा घिमिरे र अभिवक्ता कुन्जनी परियारलेसमेत सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
गोरखामा मनाइयो मकै सुकाउने पर्व
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०