१०५ वर्षे इन्द्रकला ‘महानगर माता’

आदर्श समाज सम्वाददाता
असाेज १६, २०८०
mahanagar-mata – Indrakala

पोखरा । पोखरा महानगरले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर १ सय ५ वर्षे इन्द्रकला गौतम पाध्यालाई महानगर माताको उपाधिसहित सम्मान गरेको छ । पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा ज्येष्ठ नागरिक पाध्यालाई महानगरको सामाजिक विकास महाशाखाले आइतबार सम्मान गरेको हो ।

पोखरा ७ को कार्यालयमा आयोजित कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले पाध्यालाई सम्मान गरिन् । स्याङ्जा पुतलीबजार १३ कुलबाँधमा जन्मेकी पाध्याको स्थायी घर तनहुँको बाबियाडाँडा हो । हाल उनी छोराहरु डण्डपाणि र ईश्वरवन्धुका साथमा पोखरामा बस्दै आएकी छन् । सम्मान कार्यक्रममा पाध्याका छोराहरुसहित परिवार, वडाध्यक्ष राममोहन आचार्य, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, जनप्रतिनिधिहरु सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width